नेपल नगरपालिका संघको आयोजना तथा रेमी परियोजनाको प्राविधिक सहयोगमा वैदेशिक रोजगार र पुनःएकीकरण कार्यान्वयनका क्रममा ”लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण” सम्बन्धी मधेश प्रदेशका विषयगत मन्त्रालय तथा सरोकारवाला निकायहरुबिच मिति २०८३ बैशाख २४ गते, बिहीबार जनकपुरधाममा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहमा पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको भरपूर उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउन स्थानीय जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा बढी लाभदायी बनाउन वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण गर्ने, स्थानीय स्तरमा रोजगारीका अवसरहरु सृजना गर्न उद्यमशीलता, वैदेशिक रोजगार तथा आप्रवासन सम्बन्धी विषयवस्तुहरूलाई कार्यान्वयन गर्ने क्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) जस्ता अन्तरसम्बन्धित विषयहरू प्रायः ओझेलमा पर्ने भएकाले स्थानीय सरकारले यस्ता योजनाहरूलाई लैङ्गिक दृष्टिकोणबाट समेत मूलप्रवाहिकरण गर्दै स्थानीय सरकारको वार्षिक योजनामा कार्यक्रम तथा बजेट सुनिश्चीतताका लागि सरोकारवाला निकायहरुको भूमिका र सहकार्यको आवश्यकता लगायतका विषयमा नेपाल नगरपलिका संघका केन्द्रिय सचिवालय सदस्य एवंम् मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा भएको बैठकमा नगरपालिका संघका कार्यकारी निर्देशकले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जनकपुरधाम उप-महानगरपालिका, नगर प्रमुख, मनोज कुमार साह, बरहथवा नगरपालिका, प्रमुख कल्पना कुमारी कटुवाल, कविलासी नगरपालिका उप प्रमुख पुनम कर्ण, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह शोनार, मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादव, लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगल, लगायत रेमी परियोजना लागु भएका नगरपालिका र गाउँपालिकाहरुका प्रमुख प्रशासकीय अधिकृत/ शाखा प्रमुख, श्रम तथा यातायात मन्त्रालयका श्रम रोजगार शाखा अधिकृत, अर्थ मन्त्रालयका उप सचिव, एवंम् मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यलय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालय,गृह सञ्चार तथा कानून मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र मधेश प्रदेशसका कानून अधिकृत/जेसी फोकल पर्सन, उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक, उद्योग परिसंगका अध्यक्ष, होटल व्यवसायी संघका महासचिव, नगरपालिका एवं गाउँपालिकाका रोजगार संयोजक, रेमी परियोजनाका प्रदेश संयोजक, सामी परियोजनाका प्रतिनिधिहरु, प्रदेश र जिल्ला आप्रवासी संजालका अध्यक्ष एवंम् वैदेशिक रोजगारमा काम गर्ने सामाजिक संघ संस्थाहरुको सहभागीता रहेको थियो l