मिति २०८३ असोज १ गते नेपाल नगरपालिका संघ, मधेश प्रदेश समितिका संयोजक तथा जनकपुर उपमहानगरपालिका प्रमुख मनोज कुमार साहज्यूको अध्यक्षतामा प्रदेश समितिको बैठक सम्पन्न भएको छ । बैठकमा समितिको प्रगति तथा समिक्षा, भोटेकोशी बाढी प्रभावित नगरपालिकाहरुलाई सहयोग, औरही नगरपालिका प्रमुख तथा कर्मचारीमाथि भएको दुर्व्यवहार र मधेश प्रदेशका नगरपालिकाहरुको असल अभ्यास संकलन सहित विविध विषयमा छलफल भई निर्णय भएको थियो ।